Code of Conduct:

विद्यार्थीहरुले पालना गर्नुपर्ने नियमहरुः
१. – क्याम्पस हाताभित्र जोकोही व्यक्ति पनि उपयुक्त पोशाक लगाई प्रवेश गर्नुपर्नेछ । क्याम्पसले प्रतिबन्धित गरेको वा तडक–भडकपूर्ण लुगा-पोशाक लगाएका कुनै पनि विद्यार्थीलाई क्याम्पस प्रशासनले क्याम्पस हाताभित्र प्रवेश गर्न रोक लगाउन सक्नेछ ।
२. – परीक्षा सम्बन्धमाः
(क) पुनः परीक्षाको प्रावधान छैन ।
(ख) प्रायोगिक परीक्षामा अनुपस्थित हुने विद्यार्थी सो विषयमा अनुत्तीर्ण मानिनेछ ।
३. विद्यार्थीहरू माझमा एक–अर्काका फरक विचारलाई सम्मान गर्नु प्रत्येक छात्र/छात्राको दायित्व हो ।
५. क्याम्पस हाताभित्र झगडा, हात–पाई गर्ने विद्यार्थीलाई निष्काशन गर्न सकिने छ ।